२१ राजनीतिक दलको बिरोध कार्यक्रममा प्र’हरी हस्तक्षेप

admin

काठमाडौ : २१ वटा राजनीतिक संगठनले राजधानीको माइतीघर मण्डलामा गरेको शांन्तिपूर्ण कार्यक्रममा प्र’हरीले हस्तक्षेप गरेरको छ ।

प्र’हरी हस्तक्षेपमा नर बहादुर कार्की गिरफतारीमा परेका छन् । शान्तिपूर्ण कार्यक्रममा हस्तक्षप भएको भन्दै २१ संकठनले गिरफतारीमा परेका कार्कीलाई अविलम्ब रिहाई गर्न सरकारसँग माग गरिएको छ ।

२१ राजनीतिक संगठनहरुको तर्फबाट सी पी गजुरेलले एक वक्तव्य जारी गर्दै कार्कीको रिहाईको माग गरिएको हो । कोरोना भाइरस संक्रमणबाट भएका विरामीको निःशुल्क उपचार सम्वन्धी विषयमा २१ राजनीतिक संगठनहरुको कार्यगत एकताव्दारा आज काठमाडौंको माइतीघर मण्डलामा शांतिपूर्ण कार्यक्रम आयोजना गरिएको थियो ।

२१ संगठन मध्येको एउटा घटक, राष्ट्रिय जागरण मंचका तर्फबाट उक्त कार्यक्रममा सहभागि हुनु भएका नर बहादुर कार्कीलाई प्रहरीले गिरफ्तार गरेको हो । २१ राजनीतिक संगठनले गिरफ्तारीको घटना प्रति घोर भत्र्सना गर्दै सरकारले शान्तीपुर्ण तवरले भेला जुलुश गर्न पाउने संबिधान प्रदत्त अधिकारको धज्ज्ी उडाएको दाबी गरेका छन् ।

प्रतिक्रिया