२९ विद्यालय समायोजन

राष्ट्रिय समाचार समिति

चितवन, १९ साउन : जिल्लाका २९ सामुदायिक विद्यालय छिमेकी विद्यालयमा गाभिएका छन् । जिल्ला शिक्षा समन्वय एकाइका अनुसार जिल्लाका सात स्थानीय तहले विद्यालय समायोजन गरेका हुन् । 

एकाइ प्रमुख भूमिलाल सुवेदीका अनुसार माडी नगरपालिकामा १२, इच्छाकामना गाउँपालिकामा सात, राप्ती नगरपालिकामा पाँच, कालिका नगरपालिकामा दुई तथा भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिएकामा एक÷एक विद्यालय गाभिएका हुन् । शैक्षिक नियमावली अनुसार कक्षा १ देखि ३ सम्ममा ५० विद्यार्थी आवश्यक हुन्छ । त्यसभन्दा माथिका कक्षामा प्रतिशिक्षक ४० विद्यार्थी नभएका विद्यालयको घटुवा गर्ने तथा समायोजन गर्ने गरिन्छ । 

 

प्रतिक्रिया