पिएनपिखबर, भक्तपुर : निम्न परिवारमा जन्मिएकी कामना मोक्तानको ठुलो डान्सर बन्ने सपना छ। तर आर्थिक अभावका कारण उनी आफ्नो सपना पुरा गर्न सकिरहेकी छैनन। उनले डान्स सिकाउने र आफै स्टेज प्रोग्रामहरुमा आफ्नो प्रस्तुति दिने गर्छिन। उनले साल्सा, कल्चरल, आइटम, हिप अप आदि डान्स सिकाउने गर्छिन।
खेल्ने, राम्रो लाउने, पढ्ने उमेरमा पार्टी प्यालेसहरुमा वेटरको काम गर्नु परिरहेको छ। घरको नाजुक अबस्थाका कारण उनले आफ्नो पढाई ८ कक्षा पढ्दा-पढ्दै बीचमै छोड्नु पर्यो। अहिले उनी डान्स प्रोग्राम र होटेलमा काम गरेको पैसाले आफ्नो घर धान्नमा आमा बाबुलाई सघाई रहेकी छिन्।
मकवानपुर पुर्ख्यौली घर भएकी कामना आफ्नो परिवारसँग हालै भक्तपुरको ठिमीमा बस्दै आएकी छिन्। उनको परिवारमा उनको बाबु आमा, दिदि र एक बहिनी छन्। उनको परिवारको अबस्था निकै दयनीय छ। उनका बाबु पहिला घर बनाउने मजदुरी काम गर्दथे तर अहिले उनी अस्वस्थ छन्। डाक्टरले उनको रोगको कुनै पत्ता लगाएको छैन। गरिबीलाई चपेटाको कुनै कमी हुदैन भने झैँ कामनाको दिदि र बहिनी पनि दुवै अस्वस्थ छन्। दीदीलाई पत्थरी भएको कारण कोरियन अस्पतालमा उपचार भईरहेको छ भने बहिनीको पनि हालसालै एपेन्डिक्सको अप्रेसन गरिएको छ।
उनकी आमाले गलैचा बुनेर घर मुस्किलले धानेकी छिन्। उनी आफ्नी आमालाई घरमा काम सघाएर पार्टी प्यालेसहरुमा काम गर्न जान्थिन। न त उनीसंग पढ्ने समय छ न त पैसा नै। उनले आफुले कमाएर ल्याएको पैसा बहिनीको पढाईमा लगाएकी छिन् भने आमाको पैसा कोठा भाडा र घरखर्च मै ठिक हुने गर्छ। भविष्यमा डान्सर बन्ने लक्ष्य राखेकी कामनाले आर्थिक सहयोग पाए पढाईलाई पनि पुन अघि बढाउने सोच राखेकी छिन्। उनी आफु राम्ररी डान्स सिकेर अरु इच्छुक व्यक्तिलाई पनि सिकाउने इच्छा रहेको उनले बताइन।
हेर्नुहोस कामना मोक्तानसँग गरिएको कुराकानी :