चरेससहित दुई पक्राउ

admin

कञ्चनपुर, १८ असोज: कञ्चनपुरको भीमदत्तनगरपालिका–१३ पिपरैयाबाट प्रहरीले दुई जनालाई लागूऔषध चरेससहित पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पसल सञ्चालक वर्ष ३७ का मनोजदत्त पन्त र चरेस खरिद गर्ने नगरपालिकाको वडा नं १८ का ३२ वर्षीय तीर्थ टमटा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो ।

टमटाले चरेस २८८ ग्राम पसल सञ्चालक पन्तबाट खरिद गरिरहेका बेला दुवैलाई पक्राउ गरी बुधबार जिल्ला अदालत कञ्चनपुरबाट पाँच दिनको म्याद थप गराएर लागूऔषध कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया