संसदीय निर्वाचनका उम्मेदवारको मृत्यु

admin

काबुल, २२ असोज: अफगानिस्तानको पश्चिमी बाड्घीस प्रान्तका एक जना उम्मेदवारको दुर्घटनामा परी मृत्यु भएको छ । उहाँको सवारी दुर्घटनामा परी मृत्यु भएको स्थानीय निजी समाचार संस्थाले सोमबार जानकारी दिएको छ ।

छिमेकी हेरात प्रान्ततर्फ गइरहेको बेला बाड्घीस प्रान्तमा संसदीय निर्वाचनमा उम्मेदवार हुनुभएकी फ्रैबा रहमानीको मृत्यु भएको हो ।उहाँ तीन दिन अगाडी घाइते हुनु भएको हो । उहाँको हेरात क्षेत्रीय अस्पतालमा सोमबार निधन भएको अधिकारीहरूले जनाएका छन् । क्वाडिस जिल्लाकी बासिन्दा फ्रैबा ५५ बर्षको हुनुहुन्थ्यो ।

अफगानिस्तानमा यही २० अक्टोबरका दिन संसदीय निर्वाचन हुन लागेको छ । निर्वाचन नजिकिदै गर्दा हिंसात्मक घटनाहरु पनि बढ्दै गइरहेका छन् ।निर्वाचनका लागि मताधिकार भएका झण्डै नब्बे लाख मध्ये ३० लाख महिला रहेको अधिकारीहरुले जनाएका छन् ।
-रासस÷सिन्ह्वा

प्रतिक्रिया