के तपाई लामो आयु चाहनुहुन्छ ? यसरी सुत्ने बानी बसाल्नुहोस्

रिता घिसिंग

एजेन्सी : दिनभरी काम गरेपछि हामी थाक्छौं । हाम्रो शरीरको उर्जा पनि कम हुँदै जान्छ । यसका लागि आरामको आवश्यकता हुन्छ । शरीरलाई आराम दिनका लागि हामी सुत्छौं ।

सुत्नु सामान्य क्रिया भएपनि यसको नियम छ । शास्त्रहरुमा सुत्ने पनि नियमहरुबारे उल्लेख छ । हामी सुत्दा खुट्टा दक्षिण दिशा तर्फ फर्केको हुनु अशुभ मानिन्छ । अर्थात उत्तर तर्फ शिरानी कहिल्यै पनि गर्नु हुँदैन ।

कुन दिशा गर्ने शिरानी ?

सकेसम्म पूर्व वा दक्षिण दिशामा शिर राखेर सुत्नु पर्छ । यी दिशामा शिरानी राख्दा दीर्घायु हुने र स्वास्थ रहन सकिने शास्त्रमा उल्लेख छ ।

यसको विपरित उत्तरमा शिरानी गरेर सुतेमा स्वास्थ्यमा समस्या आउने र अशुभ हुने मानिन्छ ।

सुताइले पुनर्ताजगीको अनुभव गराउँछ र पुन काम गर्न सकिन्छ । रात्रिको भोजनपछि तत्काल सुत्नु हुँदैन । सुत्नु अघि अर्को दिनका लागि कामको योजना बनाउनु उत्तम हो । दिशा पिसाव आएमा गरेर मात्र सुत्नु पर्छ । दिशा पिसाव च्याँपेर सुत्नु घातक हुन्छ ।

सुत्दा जहिले पनि दक्षिण वा पूर्व तर्फ शिर राखेर बायाँ पट्टी कोख फर्किएर सुत्नु पर्छ । सुत्नु अघि मन पर्ने संगीत पनि सुन्न सकिन्छ । यसले मनको तनाव कम गर्छ । सूर्योदय भन्दा पहिला नै जागिसक्नु पर्छ ।

बायाँ कोख: बायाँ कोख फर्किएर सुत्दा पाचन प्रणालीमा सहजता हुन्छ । यसो गर्दा नाकको बायाँ प्वालबाट स्वस प्रश्वास प्रक्रिया चल्छ र यसले पाचनका लागि आवश्यक पर्ने उष्णता अर्थात ताप पैदा गर्छ ।

प्रतिक्रिया