बलिउड अभिनेता इरफान खान क्यान्सरलाई जितेर भारत फर्किंदै

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेता इरफान खान क्यान्सरलाई जितेर भारत फर्कदैछन् । उनी छिटै भारत फर्कने तयारी गरिरहेको पुष्टि भएको छ । लण्डनमा रहेर क्यान्सरको उपचार गराइरहेका इरफान खानका प्रवक्ताले इरफान दिवाली (तिहार)अगाडि नै भारत फर्कने पुष्टि गरे ।

मिडिया रिपोर्टका अनुसार इरफान भारत फर्केपछि डिसेम्बरमा फिल्म ‘हिन्दी मिडियम – २’को सुटिङमा व्यस्त हुनेछन् । यद्यपि यो कुरालाई इरफानका प्रवक्ताले भने अनुमान मात्र भनेका छन् । उनले आफ्नो वक्तव्यमा भनेका छन् ‘इरफानलाई लिएर अनुमान गरिएको छ कि उनी डिसेम्बरमा हिन्दी मिडियम २ को सुटिङ सुरु गर्दैछन् ।’ यी सबै खबर अनुमानमा आधारित छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू