गाँजा बिक्री गर्दैगर्दा शान्तिमाया पक्राउ

पूजा बानियाँ

भक्तपुर, १० कात्तिक : अवैध लागुऔषध गाँजा बिक्री वितरण गर्दै गरेको अवस्थामा प्रहरीले आज एक युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने सिन्धुली घ्याङलेख गापा–३ तामाजोर घर भई हाल मध्यपुरथिमि नपा–६ कमेरोटारमा खाजाघर सञ्चालन गर्दै आएकी २२ वर्षीया शान्तिमाया वाइवा रहेको छ । गाँजा बिक्री गर्दैगर्दा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका नायब प्रहरी उपरीक्षक रेवतीरमण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीले वाइवाको साथबाट पोल्याण्ड भनिने गाँजा ३० ग्राम, गाँजा ८२ पोका अर्थात दुई केजी ४६० ग्राम, गाँजा पोका पार्न राखिएको प्लाष्टिक एक केजी ७०० ग्राम बरामद गरेको छ ।
वाइवामाथि थप अनुसन्धान गरी आवश्यक कारवाही अगाडि बढाएको पनि प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया