ईकुको कति ठूलो मन ! १४ जना छोरा छोरी के गरि पाल्छन ? [हेर्नुहोस भिडियो]

admin

काठमाडौँ, १२ कार्तिक : विक्रम संवत २०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण आफ्नो घरपरिवार गुमाएका बालबालिकालाई शिक्षासँगै पालनपोषण गर्दै आइरहेका शुलेमान शंकर ‘इकु’ को संस्था ‘स्नेह आश्रम’ लाई माउण्ट एभरेष्ट सेवा समाजले नगद रू ५१ हजार आर्थिक सहयोग सहित लत्ताकपडा,स्टेनसनरीका समाग्री प्रदान गरेका छन् ।

समाजकी उपाध्यक्ष शोभा त्रिपाठी मार्फत हस्तान्तर भएको सहयोगले उर्जा मिलेको कलाकार शुलेमानले बताएका छन् । १४ बालबालिका आश्रित उक्त संस्थालाई उनले आफुले देश तथा विदेशमा गर्ने शो मार्फत आर्जन गरेको अर्थबाट सँचालन गर्दै आइरहेका छन् । ‘हामीले सक्ने सहयोग एकअर्कालाई गर्नु पर्छ , यी नानीबाबुलाई खुसि दिन पाउँदा आफै खुसि हुन्छु’ शुलेमानले बताए ।

उनले कहिले काँही मिल्ने सहयोगले अगाडी बढ्न मदत गर्ने बताए । स्नेह आश्रमकै सहयोगार्थ उनले विदेश टुर पनि गर्ने भएका छन् । सन् २०१८ को अन्त्यबाट टुर सुरु हुने समेत उनले बताए ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू