प्रश्न सोध्दा पत्रकारलाई मा***ने भन्दै यसरी पिटे बाटो बनाउने ठेकेदारले ! ठेकेदारको दादागिरी हेर्नुहोस

admin

कार्तिक १४, फेवा टेलिभिजनका क्यामेरा मेन विवेक दाहाल मार्थि हातपात भएको छ । पोखरा महानगरपालिका वडा नं ११ रानिपौवामा मर्मत हुदै गरेकोसडकको विषयमा जिज्ञासा राख्दा ठेकेदार टिका भुजेलले दाहाल माथि शुक्रवार हातपात गरेका हुन् । क्यामेरा मेन दाहालले बाटोमा विछ्याईएको गिटी र कालोपत्रे गर्न लागेको सडकको विषयमा जिज्ञासा राखेका थिए ।

खास के भएको थियो विबेक दाहाल भन्छन् । आफ्नो घर र समुदाय अगाडी बन्दै गरेको सडकको विषयमा सुचना माग्न र जानकारी लिन पाउने सर्वसाधारणको अधिकार नै हो नि होइन र ? तर यहाँ पत्रकारले जिज्ञासा राख्दा हातपात गर्ने ठेकेदारलाई के भन्ने ? किन यति चाँढै आवेशमा आए ठेकेदार ? किन यसरी तातो रिस गरीरहेका छन् ? ठेकेदार मात्रै होइन वडा नंम्बर ९ का जनप्रतिनिधि सुवास खवास पनि भन्दैछन् तैले के गर्न सक्छस् ?

भिडियो खिचेर के गर्छस् ? पत्रकार तथा क्यामेरा मेनको काम समाजमा भैरहेका विकास निर्माण सँगै अन्य गतिविधि आम जनता सम्म पुराउनु हो । क्यामेरा मेन दाहालले गरेको पनि त्यहि काम थियो तर उनिमाथि जुन दुव्यवहार भयो यो सैह्य हुन सक्दैन ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू