गाउँलेले एक खुट्टेलाई घर ल्याउनु भन्दा अस्पतालमा मार्देको भए हुन्थ्यो सम्म भने, अहिले नाचेरै तहल्का पिट्दै यी महिला [हेर्नुहोस भिडियो ]

admin

पिएनपिखबर, भक्तपुर : सिता सुबेदी चितवनमा जन्मेहुर्केकी हुन्। जब उनी ११ वर्षकि थिईन् उनको खुट्टामा घास काट्न जादा चोट लागेको थियो। सामान्य चोट त हो नि भनेर खासै वास्ता भएन अनि उनले मेडिकलबाट पेन किलर ल्याएर खाईन्। केहि समय उनले औषधि खाईरहिन्। धेरै समय बिति सक्दा पनि उनको खुट्टाको घाउ निको नभए पछि उनी अस्पतालमा नै चेक गराउन गइन्।

‘त्यतिबेला भर्खरै मात्र चितवनमा क्यान्सर अस्पताल खोलिएको थियो। मलाई अस्पतालले त्यहिँ रिफर गर्यो।’ उनले मलिन अनुहार लगाउदै भनिन्। उनले थपिन् ,’मलाई क्यान्सर भइसकेको रहेछ।’ खुट्टाको क्यान्सर भएकोले उनको खुट्टा काट्नु पर्ने डाक्टरले सल्लाह दिए। भर्खरको कलिलो बाल मस्तिष्क त्यहिँ माथि खुट्टा काट्ने जस्तो जटिल निर्णय। उनलाई आफ्नो जीवनको त्यत्रो निर्णय लिन सार्है गाह्रो पर्यो।

शुरुवातमा त उनले खुट्टा काट्ने मानिनन्। खेल्ने कुद्ने उमेरमा खुट्टा काट्नु पर्ने निर्णयले उनलाई निकै चोट पुर्यायो। आफन्त, घरपरिवारले सम्झाए पछि उनले बल्ल मानिन। खुट्टा नकाटे क्यान्सरले उनको ज्यानै लिने भए पछि उनी खुट्टा काट्न बाध्य भईन्। अन्तत: उनको खुट्टा काटियो। एक खुट्टाले टेकेर उनी घर पुगेको देखेर गाउलेले किन अस्पतालबाट ल्याएको। उतै मार्दिनु पर्थ्यो नि। अब यसले के गरेर खान्छे भन्ने जस्तो पेचिलो शब्दले उनको मुटुमा चस्स भयो। उनले सुनाइन् ,’त्यति बेला म सार्है रोए। यिनिहरुको अगाडी म केहि गरेर देखाउछु भनेर उनले इख लीइन।’ पछि आफुलाई उनले सम्हालिन। उनको मनोबल बढ्दै गयो।

पढाई कै शिलशिलामा उनी को अध्ययन सकाएर काठमाडौँ आईन्। काठमाडौँ आए पछि उनलाई यत्तिकै घर जान मन लागेन। केहि गर्छु भन्ने अठोटले उनी काठमाडौँमा नै बस्न थालिन्। भाई बहिनिलाई आफु भएकै ठाउँमा बोलाएर पढाइन्। आफुले जब गर्न थालिन्। उनको पढाई रोकियो। अहिले उनको भाईबहिनी सक्षम भईसके। उनीहरु पनि आफ्नो काममा लागेर कमाउन थाले। अहिले उनको पढ्ने रहर भाई बहिनीले पुरा गर्दिदै छन्। मेजर नेपाली लिएर उनी मास्टर पढ्दै छिन्। गीतसंगीतमा ब्याचलर गरिसकेकी छिन्। नृत्य सिक्दै छिन्।

सानै देखि नाच्न रुचाउने उनी एक खुट्टा नहुँदा पनि हरेश खाइनन्। चाहे उनलाई नाच्न गार्है किन नहोस् तर उनले नाच्न भने छोडिनन्। नेपाली रास्ट्रिय रियालिटी शो छमछमीमा उनले अडिसन समेत दिसकेकी छिन्। उनी अडिसनमा छानिए पश्चात उनको मनोबल अझै बढेको छ। चर्चित कलाकार मिथिला शर्मा र संचिता लुइँटेललाई उनले पहिलो पटक प्रत्यक्ष उक्त कार्यक्रममा नै भेटेकी थिइन्। उनीहरुले उनको नाँच प्रति दिएको प्रतिक्रियाले उनी अझै हौसेको उनले बताईन्।
बाँकि कुराकानी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू