शिशिरसँग जनक मात्र देखिए, कता भागे विराज ? यस्तो रहेछ भाग्नुको कारण [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। सञ्चारकर्मी, कलाकार, तथा यूट्यूबरको रुपमा आफ्नो छुट्टै पहिचान बनाएका शिशिर भण्डारीलाई नचिन्ने सायद कम नै होलान्। उनी कलाकारिता र संचारमाध्यमसँगै सामाजिक काममा मात्र शक्रिय नभई यतिबेला दाङका जनक गन्धर्वको घर निर्माण सहयोगका लागि जुटिरहेका छन् ।

अशक्त आमाबुवालाई पाल्न र ८ वर्षका भाइलाई पढाउन दाङबाट काठमाडौं आएर बसमा, फिल्म हलमा र मानिसहरुको भिडभाडमा सारंगी बजाउँदै पैसा उठाउँदै आएका १२ वर्षे जनक गन्धर्वको आमा बुवा बोल्न सक्दैनन्। दुखको कुरा सरकारले सबैको घर बनाइदियो तर गन्धर्व बस्तीमा जनककै मात्र घर बन्न बाँकी छ ।

यो थाहा पाएपछि कलाकार शिशिर भण्डारीले भाइहरुलाई स्कुल पढाउने, जनकको घर बनाउने अभियान थालेका छन्। निश्वार्थ भावनाका साथ लागि परेका उनलाई देश तथा विदेशमा बस्ने आम नेपालीले समेत सकेको सहयोग गरेर जनकको घर बनाउने अभियानमा सहयोग गरिरहेका छन्।

हाल काठमाडौंको कलंकीमा आफ्नै गाँउले काकासँग बस्दै आएका जनकसँग सारंगी बजाउनुका साथै कमेडी गीत गाएर मनोरंजन प्रदान गर्न सक्ने कलासमेत रहेको छ। देश विदेशबाट करिब १५ लाख बराबरको नगद संकलन गरिसकेपछि घर निर्माण सुरु गर्ने बताएका शिशिर भण्डारी केही समय अगाडि उनै जनकको घर दाङ पुगेर उनको पारिवारिक अवस्थासमेत बुझेका थिए। निकै नै दयनीय अवस्थाले उनी भावुक त भए नै साथै उनलाई जनक प्रति झन् जिम्मेवार बोध गरायो।

जनकको पारिवारिक अवस्था निकै नाजुक देखेर आफूलाई जनकको घर बनाइदिनु पर्छ भन्ने लागेर घर निर्माण सहयोगमा जुटेको उनले बताएका छन्। जनक र विराजलाई पहिलोपटक गोपीकृष्ण हलमा भेटेका भण्डारीले उनीहरुको भिडियो तयार पार्दै हजार रुपैँया समेत सहयोग गरेका थिए। भिडियो यूट्यूबमा आइसकेपछि जनक र विराजको प्रतिभालाई धेरैले मन पराएका थिए।

भिडियोमा जनक र विराजको लागि सकारात्मक प्रतिक्रिया आएपछि भन्डारीले उनीहरुलाई यूट्यूबबाट आएको रकमले जनक र विराजलाई सपिङ पनि गराएका थिए। शुरुमा जनक र विराजलाई उनले भेटे पनि अहिले जनक मात्रै उनी सँग छन्। विराज दाङ्ग गएको उनले बताए। उनले थपे ,’अहिले उनीहरुको पढ्ने उमेर हो। त्यसैले हामीले उनीहरुलाई पढाउने भनेर विद्यालय बुझ्न गएका थियौ। पढ्ने कुरा सुनेर विराज भागेर घर गएछन्। जनक चाही पढ्छु भनेर म सँग नै छन्। विराजलाई पनि म सम्झाएर ल्याउने प्रयास गर्नेछु।’

अब जनकलाई कक्षा १ मा भर्ना गर्दिने उनी योजना बनाउदै छन्। पहिला गाउँ कै विद्यालयमा सामान्य पढेका उनलाई कक्षा १ भन्दा माथिको कक्षामा भर्ना गरेमा पढ्न नसक्ने भएकाले उनी अब कक्षा १ मा भर्ना हुँदै छन्। उनको संगीतलाई मर्न नदिनको लागि विशेष जोड साथै गित रेकर्डिङ्गको तयारी समेत गर्दैछन्। शशिर कै माग्दर्शनमा चल्ने हो भने जनकको भविष्य उज्वल हुनेमा दुई मत छैन।

जनक गन्धर्वलाई सहयोग गर्नको लागि :
सम्पर्क नं. : ९८४९५९६३१५ (शिशिर भण्डारी)
खाता नं. : ०२८०५०८०३९९४१८ (नेपाल इन्भेस्टमेन्ट बैंक)

प्रतिक्रिया

सम्बन्धित समाचारहरू