यसरी गर्नुहोस लक्ष्मी माताको पूजा, पाउनुहुनेछ अत्यधिक लाभ !

मनिषा थापा

आरतीको अर्थ हुन्छ पूर्ण भक्तिको साथ भगवानको भक्तिमा विलप्त हुनु । भगवानलाई प्रसन्न बनाउँन मानिसहरुले अनेक खालको विधिहरु अपनाउँने गर्छन । भगवान प्रति आस्था भएर शास्त्रमा भनेको जसरी कर्म गर्दा भगवानको कृपा आफु माथि पर्ने र आफ्नो मनोकामना पुरा हुने कुरामा भक्तहरुले विश्वास गर्छन ।

भगवानको पुजा गर्ने हरेक विधिहरुमध्य आरती वाचन पनि एक महत्वपुर्ण विधि हो जसमा तपाईले कुनै भगवानको उपासना गर्दा पुर्ण रुपमा लिप्त भएर यसको वाचन गनुपर्दछ । आज हामी तपाईलाई शुःख,शान्ति र समृद्धीकी प्रतिक माता लक्ष्मीको आरतीको वारेमा जानकारी गराउँदैछौं । यसलाई मनमा जप्नाले मात्रै तपाईको घरबाट नकारात्मक शक्तिहरु कमजोर भएर जानेछन र आनन्द र समृद्धिको ढोका खुल्नेछ ।

श्री लक्ष्मी माता को आरती :
ऊँ जय लक्ष्मी माता, मैया जय लक्ष्मी माता।
तिम्रो निशदिन सेवत, हर विष्णु विधाता।।
ऊँ जय लक्ष्मी माता।
ब्रह्माणी रूद्राणी कमला, तिमी हौं जगमाता।
सूर्य चन्द्रमा ध्यावत, नारद ऋषि गाता।।
ऊँ जय लक्ष्मी माता।
दुर्गा रूप निरंजनि, सुख सम्पति दाता।
जो कोही तिम्रो ध्यावत, ऋद्धि सिद्धि पाउँछ।।
ऊँ जय लक्ष्मी माता।
तिमी पाताल निवासिनि, तिमी नैं शुभ दाता।
कर्म प्रभाव प्रकाशक, भवनिधि से त्राता।।
ऊँ जय लक्ष्मी माता।
जुन घरमा तपाई रहनुहुनछ सब सद्गुण आउँछ।
सब सुन्दर हुन्छ मन डराउँदैन भगवान।।
ऊँ जय लक्ष्मी माता।

प्रतिक्रिया