यस्ती छिन् पोखराकी एक्ली ई–रिक्सा महिला चालक, काम गर्छिन यस्तो [भिडियो सहित]

admin

पोखरा, १८, कार्तिक : नन्दकुमारी शर्माले इरिक्सा किनेको करिब ३ बर्ष भयो । उनले यो रिक्सा चलाउन साईकल सिकेपछि पहल गरेकी हुन् । उनी भन्छिन्–‘साईकल भन्दा यो रिक्सा चलाउन सजिलो लाग्छ ।’

पोखरामा करिब ५० जति इरिक्सा छन् । धेरै जस्तोको लाईसेन्स छैन र नन्दकुमारीको पनि छैन । लाईसेन्सको लागी धेरै पटक दाङको तुलसीपुर पुगेको बताउने नन्दकुमारीले अब प्रदेश सरकारले नै दिन पर्ने उनको धारणा राख्छिन । भएका रिक्साहरु मध्ये आफू मात्र महिला चालक भएको उनको दाबि छ ।

लाईसेन्स नभएकोले ट्राफिकले चिट काट्ने गरेको उनले बताईन् । उनी इरिक्सामा फलफूल तरकारी लिएर पोखराका बजार डुल्छिन भने बिन्ध्याबासिनीमा उनको आफ्नै फलफूल पसल पनि छ ।

 हेर्नुहोस भिडियोमा : 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू