महिला होस् या पुरुष यी ४ काम सकेपछि नुहाउनुपर्छ : चाणक्य नीति

रिता घिसिंग

एजेन्सी : बिहान उठेपछि प्रायजसो मानिसहरु फ्रेस हुनका लागि नुहाउने गर्छन् । तर चाणक्यले भने केही यस्ता अवस्थाहरु बताएका छन् कि त्यसपछि नुहाउनु जरुरी हुन्छ । उनका अनुसार स्त्री होस् या पुरुष स्वास्थ्यका लागि त नुहाउनै पर्छ । चाणक्य नीतिका अनुसार यी चार काम सकेपछि नुहाउनुपर्छ ।

तेल मालिश गरेपछि नुहाउनुपर्छ चाणक्यले बताएअनुसार स्वस्थ शरीर र चमकदार छालाका लागि हप्तामा कम्तीमा एकपटक पुरा शरीरमा तेल मालिश गर्नुपर्छ । तेल मालिशपछि शरीरमा भएका रोम छिद्रहरु खुल्छन् र भित्रका विकार पदार्थहरु बाहिर निस्कन्छन् । यसकारण तेल मालिश गरेको केही समयपछि नै नुहाउनुपर्छ । तेल मालिशपश्चात ननुहाई बाहिर जानु अशुभ मानिन्छ ।

कपाल काटेपछि नुहाउनुपर्छ चाणक्य नीतिका अनुसार कपाल काटेपछि नुहाउनुपर्छ । कपाल काटेपछि पुरै शरीरभरि कपालका स-साना टुक्राहरु झरेका हुन्छन् । त्यसकारण कपाल काटेपछि नुहाउनु जरुरी मानिन्छ । साभार: रिसेन्ट नेपाल |

शवयात्राबाट फर्केपछि नुहाउनुपर्छ चाणक्य नीतिका अनुसार मलामी गएर फर्केपछि पनि नुहाउनुपर्छ । किनकी घाट वरिपरी भएका किटाणुहरुले हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ । यदि ननुहाई बसेमा कपडा वा शरीरका अन्य भागमा किटाणुहरु हुनसक्छन्, जसले हाम्रो शरीरलाई असर गर्नसक्छ ।

यौनसम्पर्क गरेपछि नुहाउनुपर्छ स्त्री होस् या पुरुष यौनसम्पर्क गरेपछि नुहाउनु जरुरी मानिन्छ । किनकी उक्त समयमा महिला तथा पुरुष दुवै अपवित्र हुन्छन् । चाणक्य नीतिका अनुसार यदि कोहि यौनसम्पर्कपछि पनि नुहाउँदैन भने ऊ कुनैपनि धार्मिक कामका लागि योग्य हुन सक्दैन ।

प्रतिक्रिया