घरमा यी ५ चिज भुलेर पनि नराख्नुहोस्, भित्रिन्छ दरिद्रता र अशान्ति !

रिता घिसिंग

एजेन्सी : घरमा खुशिको वातावरण बनाइ राख्न हामी सम्भव भएसम्म हरेक प्रयास गरिरहन्छौ तर पनि लाभ मिल्दैन । यसको कारण घरमा राखिएको टुटे-फुटेको सामान पनि हुन सक्छ । वास्तु र ज्योतिषशास्‍त्रमा यस्तो कैयौं उपायहरुको बारेमा बताईएको छ जसले घरलाई खुशि र सम्पन्न बनाउन मद्दत गर्दछ । धार्मिक ग्रन्थको अनुसार घरमा यस्ता कुनैपनि वस्तु राख्न हुदैन जसले घरमा नकारात्मक ऊर्जाको हावी हुने गर्छ ।

१. यदि घरमा बन्द घडी राखिएको छ भने घरमा आउने राम्रो समय फर्किएर जाने गर्दछ । यो आर्थिक नोक्शानको कारण वा बिमारीलाई पनि निमन्त्रणा दिने गर्दछ । ज्योतिषशास्‍त्र भन्छ घरमा बन्द रहेको घडीले कार्यमा बाधा उत्पन्न गर्दछ र सफलतामा बाधक पनि बन्दछ ।

२. प्रयोगमा नआउने जुत्तालाई हामी घरमा एकै ठाउँमा जम्मा गरेर राख्ने गर्दछौ । यिनीहरुबाट पनि नकारात्मकता हावी हुने गर्दछ । सिसा र फुटेको सामानबाट लक्ष्मी रिसाउने गर्दछन् र धन हानि भईरहन्छ ।

३. भाचिएको खाटमा सुते व्यक्ति रोगी रहने, सम्बन्धमा दरार आउने र मानसिक तनाव भईराख्ने हुन्छ । यसै प्रकार भाचिएको कुर्सी या काठको सामानले दरिद्रता ल्याउने गर्दछ । घर भित्र फुटेको दर्पण राख्नाले घरमा नकारात्मक ऊर्जाको द्वार खोलिने गर्दछ । जसको कारण घरको सबै सदस्यले समस्याको सामना गर्नु पर्ने हुन्छ । फुटेको दर्पणको प्रभाव तपाइको व्यक्तित्वमा पनि प्रभाव पर्दछ । यसबाट अनुहारको चमक पनि कम हुने गर्दछ ।

४. घरमा फुटेको तस्वीर या बिग्रिएको पेन्टिंगले वास्तु दोष उत्पन्न हुने गर्दछ । तस्वीर या पेन्टिंग जति सुकै अमुल्य किन नहोस विग्रिय भने त्यसलाई हटाउनु पर्दछ । शास्त्रमा भनिएको छ कि टूटे-फूटे भाडा-कुराले घरमा दरिद्रता ल्याउने गर्दछ ।

५. वास्तुशास्‍त्र अनुसार घरमा कहिल्यै पनि भाचिएको फर्नीचर राख्न हुदैन । भाचिएको सामानले घरको वातावरण प्रभावित हुने गर्दछ र नकारात्मकता हावी हुने गर्दछ । यस बाट परिवारको सदस्यलाई मानसिक तनाव, बीमारी, कार्यमा असफलताको सामना गर्नु पर्दछ ।

प्रतिक्रिया