किन तिहार पाँच दिनसम्म मनाइन्छ ? जान्नुहोस पौराणिक कारण

रिता घिसिंग

पिएनपिखबर : नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु भएको छ। तपाइलाई थाहा छ किन तिहार पाच दिनसम्म मनाइन्छ। जान्नुहोस पौराणिक कारण :

हिन्दु पुराणअनुसार ४ युग

१, सत्य युग (इसमा श्रष्टि की रचना।)

२, त्रेता युग (इसमा भगवान रामका अवतार )

३, द्वापर युग (इसमा  कृष्ण जीका अवतार )

४, कलियुग (इसमा कल्कि भगवानका अवतार )

कथाका अनुसार देवताको राजा बलिको प्रकोपबाट मुक्ति दिलाउनका लागि भगवान बिष्णुले वामनको अवतार लिएर राजा बलिको यज्ञ स्थलमा पुगेका थिए।

शुक्राचार्यले वामनको रुप धारण गरेका भगवान बिष्णुलाई पहिचान गरिसकेका थिए र राजा बलिलाई आग्रह गरेका थिए वामनले जे मागे पनि इन्कार गर्नुहोस। राजा बलिले शुक्राचार्यको कुरा मानेनन्। वामनले भगवानसंग दान माग्नुहोस भने राजाले जमिन मागे।

जमिन राख्नका लागि कुनै स्थान नभएका कारण बलि राजाले आफ्नो शिर वामन भगवानको चरणमा राख्दिन्छन्। बलि राजाले दानमा आफ्नो सबथोक गुमाउछन्। यसरी बलिको भयबाट देवताहरुले मुक्ति पाउछन र जुन धन सम्पति भगवानबाट बलि राजाले लिएको थियो। त्यो भन्दा १३ गुणा अधिक धन सम्पति देवताहरुलाई प्राप्त हुन्छ। त्यसै दिन देखि तिहार मान्ने गरिन्छ।

नरक चतुर्दशीलाई मुक्ति पाउने पर्व भन्ने गरिन्छ। यस दिन भगवान कृष्णले नर्कासुर राक्षसको बध गरेका थिए। यसैले चतुर्दशीका नाम नरक चतुर्दशी रहेको हो।
यस दिन पुजा गर्नाले नरक निवारणका आशिर्बाद प्राप्त हुन्छ। त्यसैले मानिसहरु आफ्नो घरमा यमराजको पुजा गरि आफ्नो परिवारका सदस्यलाई नरकको बास नहोस भनि प्राथना गर्ने गर्छन।

पौराणिक ग्रन्थका अनुसार कार्तिक मासको औशीका दिन माता लक्ष्मी दुधको सागर अर्थात् क्षीर सागरबाट उत्पन्न भएका थिए। त्यसैले यस दिन माता लक्ष्मीको पुजा गर्ने गर्छन। त्रेता युगमा यसै दिन भगवान राम १४ बर्षको वनबास काटेर अयोध्या फर्केका थिए।

गोवर्धन पूजा भगवान कृष्णसंग सम्बन्धित छ र यसको सुरुवात पनि द्वापर युगबाट भएको हो। यो भन्दा पहिला ब्रजवासी इन्द्रको पुजा गर्ने गर्थे। तब भगवानले भनेका थिए कि भगवान इन्द्रको पुजा गर्दा कुनै लाभ हुदैन। त्यसैले गौ धनको समर्पित गोवर्धन पर्वतमा गएर पुजा गर्नुपर्छ। भगवान कृष्णको कुरा सुनेर मानिसहरुले इन्द्रको पुजा गर्न बन्द गरिदिए। र गोवर्धन पूजा गर्न थाले। यस कुराले भगवान इन्द्र रिसाएर त्यसदिन एकदम भीषण वर्षा गरिदिए। इन्द्र रिसाएको देखेर मानिसहरु डराउन थाले। बर्षाका कारण जताततै बाढी आयो यसबाट बच्नको मानिसहरुले भगवान कृष्णको प्राथना गर्न थाले। यसबाट बचाउन भगवान कृष्णले गोवर्धन पर्वतलाई आफ्नो औलाले माथि उठाएका थिए।

लगातार ७ दिन सम्म भारी वर्षा भैरह्यो तर पनि कसैलाई नि केहि भएन। ब्रह्मजीले इन्द्रलाई बताए कि पृथ्वीमा भगवान बिष्णुले कृष्णको रुपमा जन्म लिएको छ तिमी बिष्णुसंग लडिरहेको छौ। यो कुरा थाहा पाएपछि इन्द्र पछुताए र भगवानसंग माफी मागे। त्यसपछि भगवान कृष्णले सबैलाई यस दिन गोवर्धन पूजा गरि अन्नकूट गर्न निर्देशन दिएका थिए। त्यहि दिन देखि आज सम्म गोवर्धन पूजा र अन्नकूट हरेक घरहरुमा मनाइन्छ।

भगवान सूर्य नारायणको पत्नी छायाको २ सन्तान यमुना र यमराज हुन्। यमराजलाई यमुनाले आफ्नो घरमा आएर भोजन गर्न बोलाएका हुन्छन। यमराज ब्यस्त रहेका कारण यमुनाको कुरा सधै टाली रहन्थे।

कार्तिक शुक्लाका दिन बहिनि यमुनाले फेरी यमराजलाई खानाको लागि बोलाएका हुन्छन। यसदिन यमराज बहिनि यमुनाको घर जान्छन। तब यमुनाले यमराजसंग एक बचन माग्छन।

हरेक साल यसैदिन मेरो घरमा आउनुपर्छ भनेका हुन्छन। यमराजले यो कुरालाई स्वीकार गर्ने गर्छन। त्यसै दिन देखि भाइटिका मनाइन्छ।

प्रतिक्रिया