माता लक्ष्मीलाई खुसि पार्न आज काग तिहारको दिन यस ठाउँमा बाल्नुहोस् दीपक !

रिता घिसिंग

पिएनपिखबर : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ। चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ। यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ। यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ।

आजको दिन दीपक जलाउनु आफैमा शुभ कार्य हो। तर बिशेष ठाउँमा दीपक जलाउदा घरमा धनको वर्षा हुने गर्छ। जान्नुहोस् कुन ठाउँमा आज दीपक जलाउनु शुभ हुन्छ ।

आर्यघाटमा
तपाई यो सुनेर अचम्ममा पर्नु हुनेछ। तर वास्तबमा आज काग तिहारको दिन आर्यघाटमा दीपक जलाउदा माता लक्ष्मी प्रसन्न हुने गर्छिन र उनको कृपा रहिरहन्छ। जसकारण उक्त व्यक्तिको घर धन र समृद्धिले भर्ने गर्छ।

घरको आँगनमा
आजको दिन राती घरको आँगनमा दीपक जलाउदा लक्ष्मीमाता घरमा प्रवेश गर्छन। भनिन्छ जुन घरमा माता लक्ष्मीको बास हुन्छ त्यहाँ धन सम्पतिको कहिले कमि हुदैन। त्यसैले आज राति घरको आँगनमा दीपक जलाउनु शुभ मानिन्छ।

पिपलको वृक्षमा
हिन्दु धर्मलम्बिहरुले पिपलको रुखलाई पुजा गर्ने गर्छन भनिन्छ पिपलमा माता लक्ष्मीको बास हुन्छ। आज साँझ पिपलको वृक्षमा दीपक जलाउनुहोस कहिले घरमा धनको कमि हुदैन।

बेलको रुख मुनि आजको दिन दीपक जलाउनाले पनि धनको बर्षा हुन्छ।

प्रतिक्रिया