आज धनतेरसका दिन कहिले र कसरी गर्ने पुजा ? जान्नुहोस खरीदारीको शुभ समय

रिता घिसिंग

पिएनपिखबर : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ। चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ। आज काग तिहारको दिन यसरी गर्नुहोस पुजा :

धनतेरसको पूजा विधि
पहिला नुहाएर सफा बस्त्र लगाउनुहोस्। भगवान धन्वंतरिको मुर्ति वा चित्र सफा ठाउँमा पुर्व दिशा पट्टि राख्नुहोस्। त्यसपछि भगवान धन्वंतरिलाई यस मन्त्र जप गरि पुजा गर्नुहोस।

सत्यं च येन निरतं रोगं विधूतं,
अन्वेषित च सविधिं आरोग्यमस्य।
गूढं निगूढं औषध्यरूपम्, धन्वन्तरिं च सततं प्रणमामि नित्यं।।

त्यसपछि भगवानलाई अक्षेता र जल चढाउनुहोस्। भगवान धन्वंतरिको मुर्ति वा तस्बिरमा अबिर, गुलाल पुष्प र सुगन्धित चीज चढाउनुहोस्। चाँदीको थालमा खिर चढाउनुहोस्। मुख शुद्धिको लागि पान, सुपारी पनि चढाउनुहोस्। शंखपुष्पी, तुलसी, ब्राह्मी आदि पुजनीय औषधि पनि भगवान धन्वंतरिलाई चढाउनुहोस्।
त्यसपछि रोग निवारणको कामना गर्दै यस मन्त्रको जप गर्नुहोस।

ऊं रं रूद्र रोग नाशाय धनवंतर्ये फट्।।

भगवान धन्वंतरिको पूजा र खरीदारीको शुभ मुहूर्त

बिहान बजेर ३१ मिनेट देखि ७ बजेर ५५ मिनेटसम्म
बिहान ९ बजेर १८ मिनेटदेखि १० बजेर ४१ मिनेटसम्म
दिउसो १ बजेर २७ मिनेटदेखि बेलुका ७ बजेर १३ मिनेटसम्म
राति १० बजेर २७ मिनेटदेखि ११ बजेर ३५ मिनेटसम्म

प्रतिक्रिया