निर्मलाको हत्यारालाई नांगै तातो तेलमा डुबाउनुपर्छ : करिश्मा बिष्ट [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। चर्चित अन्तराष्ट्रिय गायन रियालिटी शो ‘नेपाल आईडल’ को दोस्रो सिजनमा टप १० देखि प्राप्त व्यापक चर्चा पाएको नेपाल आईडलले दोस्रो सिजनको सुरुवातमा धेरै प्रतिस्पर्धीहरुलाई हिट बनायो । त्यसका उदाहरणमा काउली बुढी, नरेश पातली, करिश्मा बिष्ट, रबि शर्मा, जन्नत खान आदि पर्छन् ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्वर १ बनखेतकी करिष्मा विष्ट भने आफ्नो छुट्टै कलाले हिट बन्न पुगिन्। उनले आफैले रचेकी ‘इको नि लाग्यो अकाउन्ट नि लाग्यो’ नामक र्यापले सर्वत्र चर्चा पायो। र्यापमा दम त थियो नै साथै उनले र्याप गाउने स्टाइल पनि उत्तिकै दमदार भएकाले नै उनको कलाको चर्चा भएको हो भन्दा फरक नपर्ला। अहिले उनलाई अन्तर्वार्ता दिन भ्याइनभ्याइ छ साथै उनलाई सिरियलमा अभिनय गर्ने देखि गीत गाउने अफर समेत आइरहेका छन्।

भर्खरै मात्र उनले एपी वान मार्फत प्रशारित हास्य टेलिशृंखला ‘खुल्दुली’ मा देउसी भैलोको कार्यक्रममा अभिनय गरेकी छिन्। पछिल्लो समय उनी आफ्नो जन्मस्थल देखि काठमाडौँ आउनुको मुख्य उदेश्य पनि यसै सिरियलमा अभिनय गर्न हो। साथै अब केहि दिनमा उनी आफ्ना गीतहरु पनि रेकर्ड गर्ने तयारीमा छिन्।

१७ बर्षीया विष्टलाई आफु भित्र गीत गाउने क्षमता पनि छ भन्ने कुराको महसुस भने कक्षा ७ मा दुर्गालक्ष्मी उच्च माविमा अध्ययन गर्दा भएको हो । विद्यालयकी शिक्षिका द्रोपती शाहीले उनलाई गीत गाउन आग्रह गरेपछि उनले ‘मिठो मिठो हुन्छ नी ’ बोलको गीत गाएर सुनाईन् । सो गीत शाहीलाई मात्र होईन कक्षा कोठाका सवै जनालाई मन परेको विष्टको सम्झना छ।

उनी गीत गाउनु सँगै अन्य क्रियाकलापमा पनि पोख्त छिन्। चन्चले स्वभावकि उनी नयाँ अपरिचित व्यक्तिसँग सजिलैर चाडै घुलमिल हुन सक्छिन्। कैलालीमा जन्मेहुर्केकी उनले अन्तर्वार्तामा निर्मल हत्याकाण्डको विषयवस्तुमा आफ्नो विचार राखेकी छिन्। जो कोहिले पनि त्यस्तो अपराध गरेको हो त्यस्तो व्यक्तिलाई बीच बजारमा तातो तेलमा नांगै पारेर तार्नु पर्छ भन्दै उनले आक्रोश पोखिन्।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू