आफ्नै बालाई श्रीमान र हजुरबालाई ससुरा बनाएर सबै सम्पति खाने दिदीले दुर्गा कुँवरलाई अन्याय गरेको भन्दै छिमेकीले यस्तो गरे [[स्थलगत रिपोर्ट सहित]

admin

पोखरा, १९ कार्तिक : आफ्नै बाबुलाई पति र हजुरबालाई ससुरा बनाएको दिदीले बहिनी माथि अन्याय गरेको भन्दै पोखराका महिलाहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री, कानुनमन्त्री, उपसभामुख, जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिका र वडा कार्यालय १५ मा मंगलबार जानकारी गराएका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरीक मामिला तथा कानुनमन्त्री हरीबहादुर चुमान, उपसभामुख सृजना शर्मा, महानगरपालिका प्रमुख मान बहादुर जिसी र १५ का वडा अध्यक्ष प्रकाश पौडेललाई दुर्गा अन्यायमा परेको विषय जानकारी गराइएको हो ।

सो क्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कहिलेकाँही कानुनले एउटा पक्षलाई न्याय दिदा अर्को पक्ष अन्यायमा परेको हुनसक्छ, यसको विषयमा यथार्थ बुझेर अगाडी बढ्ने बताउनुभयोे । गुरुङले आफुले कानुनको परिधिमा रहेर गर्नसक्ने सहयोग गर्ने बताउनुभयो ।
बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू