‘हिंसा न्यूनीकरणका लागि विचार परिवर्तन जरुरी’: उपसभामुख थारू

admin

रुपन्देही, ३० कात्तिक: प्रदेश नम्बर ५ प्रदेशसभा उपसभामुख कृष्णी थारूले हिंसा न्यूनीकरणका लागि सबैभन्दा पहिले विचार र व्यवहार परिवर्तन जरुरी रहेको बताउनुभएको छ ।

महिला हिंसा न्यूनीकरण सम्बन्धमा आज बुटवलमा आयोजित कार्यक्रममा उहाँले प्रदेश सरकार हिंसा न्यूनीकरणका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । थारूले हिंसा दबाएर बस्ने बानी सबैले हटाउनुपर्नेमा उहाँको जोड थियो ।

आर्थिक सशक्तीकरण र दिगो जीविकोपार्जनको बाटोमा महिलालाई अगाडि बढाउनुपर्ने उपसभामुख थारूको भनाइ थियो । कार्यक्रममा सङ्घीय समाजवादी फोरम नेपाल केन्द्रीय सदस्य कमला विक, पूर्वसांसद विनोद पहाडी, अधिवक्ता महेन्द्र पाण्डेलगायतले महिला हिंसा न्यूनीकरणका विषयमा बोल्नु भएको थियो । ।
-रासस

प्रतिक्रिया