नायकको छोरा गायक बन्ने सुरमा, सौजन्यको जादुमयी स्वर [भिडियो सहित]

शर्मिला गुरुङ

ईटहरी, ३ मङ्सिर : नेपाली संगीत आकाशमा नयाँ प्रतिभा उदाउने शृंखला पछिल्लो समय निकै बढेको छ । झनै युट्युब त यसको निकै ठुलो उदाहरण हो भन्न सकिन्छ । नयाँ प्रतिभाको लागि यतिबेला युट्युब निकै ठुलो प्लेटफर्म बन्न पुगेको छ ।

 

यस्तैमा एउटा राम्रो ठाउँ पाउने बाल गायक मिडियामा आएका छन् । सुमधुर स्वरका धनि सौजन्य पौडेल सुनसरी ईटरिका हुन् । कक्षा ९ मा अध्ययनरत सौजन्य पढाईमा पनि निकै सिपालु छन् । हेर्नुस उनको गायन प्रतिभा समेटिएको भिडियो कुराकानी :

अझ रमाईलो पक्ष त के भने उनको बुवा मोडल तथा नायक पनि हुन् । बुवा माधब केसीले अभिनय गरेको पछिल्लो नेपाली फिल्म धुम ३ हो । यसअघि माधवले करिब दर्जन फिल्ममा अभिनय गरेका छन् भने थुप्रै म्युजिक भिडियोमा पनि उनि देखिएका छन् । आफु लागेको कला लाईनको बाटोमा छोरा हिड्न कोशिश गरेकोमा माधब दङ्ग छन् । उता छोरा सौजन्य आफु ठुलो भएपछी पनि गायककै रुपमा स्थापित हुने बताउछन ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू