सुमन र आशाको अभिनयमा मार्मिक भिडियो “दैब किन” सार्वजनिक [हेर्नुहोस भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, ५ मंसिर  :  सुमन खतिवडा र आशा खड्काको अभिनयमा ”दैब किन” गीतको वियोगान्त भिडियो बजारमा आएको छ । ब्लोसम म्युजिक प्रालीको प्रस्तुतीमा गायिका भिममाया गुरुङको आवाजमा रहेको निकै मार्मिक भिडियो बजारमा आएको हो ।

पतिको वियोगमा रहेकी नारीको मनको पिडालाई समेटेर गीत तयार पारिएको छ । आफुलाई माया गर्ने प्यारो श्रीमानको मृत्यु पछि समाजले दिने पिडा र नारीहरुले भोग्ने पिडालाई गीतमा समेटिएको छ विरेन्द्र ढकालको शब्द तथा बद्रि पाठकको लय सिर्जना रहेको छ । मुकेश हुमाँगाईँको छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया