जितेन्द्र र सोना अभिनित जोसेफको ”तिमीले साथ छोड्यौ” सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, ७ मङ्सिर : युवा गायक जोसेफ शाही ठकुरीले आफ्नै शव्द, संगीत रहेको ”तिमीले साथ छोड्यौ” गीतको भिडियो सार्वजनिक गरेका छन।

गीतमा जोसेफलाई पार्श्व गायनमा चर्चित गायिका मिलन अमात्यले साथ दिएकी छिन भने बि.बि अनुरागीको संगीत संयोजनले गीत थप मार्मिक बनेको छ । एक दर्जन भन्दा बढी गीतहरुमा आवाज भरिसकेका गायक जोसेफको ‘नेती’ एल्बमा समाबेस ‘तिमीले साथ छोड्यौ”मा आधुनिक गीत भित्रपनि देउडा गीतको लय मिसाउने प्रयास गरिएकाले यस गीतलाई आम दर्शकश्रोताले मन पराउने बिश्वास गायक जोसफले लिएको बताए ।

हाईलाईट्स नेपालले बजारमा ल्याएको म्युजिक भिडियोमा गौरव गिरीको निर्देशन रहेको छ भने जितेन्द्र क्षेत्री र सोना बज्राचार्यको अभिनय हेर्न सकिन्छ । उत्तम हुमागाँईले छायाँकन गरेको भिडियोको सम्पादन भने बिकास धमलाले गरेका हुन् । करिब २ वर्ष अघि सांगीतिक सोलो एल्बम ‘नेती’ ल्याएका जोसेफको राजनीतिको आगो, ठेकीमदानी, कर्के नजर लगायतका गीतहरु सार्वजनिक भैसकेका छन । भने छिट्टै अरु गीतहरु पनि सार्बजनिक गरिने जानकारी दिए ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया