हिजाेबाट शुरू भएकाे लाइसेन्सको अनलाइन आवेदन १५ मिनेटमै अवरुद्ध

admin

काठमाडौं, ८ मङ्सिर: सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुला गरिए पनि सेवाग्राहीले आवेदन दिन भने पाएनन् । शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारमको आवेदन अवरुद्ध भएको हो ।दशैंअघि बन्द गरिएको नयाँ आवेदन चाडपर्व सकिएपछि खुला गरिएको थियो । शुक्रबार विहान खुला गरिएसँगै १५ मिनेट जति काम भएपछि वेवसाइट नै ह्याङ भई काम हुन नसकेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले भन्नुभयो, ‘विहान १५ मिनेट जति काम भयो त्यसपछि ओभरफ्लो भएर दिनभरि काम भएन, क्षमता थप गर्ने काम भएको छ, प्राविधिकहरुले काम गरिरहनुभएको छ भोलि सुधार हुन्छ ।’ विभागका अनुसार अनलाइन आवेदन फारम भर्नका लागि यस्तो समस्या यसअघि भएको थिएन् । बीचमा आवेदन वन्द गरिएका हुँदा अहिले एकै पटक सबैले फारम भरेकाले ओभरफ्लो भएको विभागले जनाएको छ । याे खबर अाजकाे गाेरखापत्र दैनिकले छापेकाे छ ।

प्रतिक्रिया