करण जोहर भन्छन ‘केटा बन्न तीन वर्ष तालिम लिए’

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेता करण जोहरले एक कार्यक्रममा आफ्नो जिवनको बारेमा एउटा अचम्मलाग्दो कुरा खुलासा गरेका छन् । उनले आफु केटा बन्न तीन वर्ष लुकेर तालिम लिएको बताएका छन् । तीन वर्ष सम्म केटा बन्ने तालिम लिन जाँदा परिवारसंग झुट बोल्ने गरेको बताएका छन् ।

आफु बच्चा हुँदा धेरैले केटी भनेर आफ्नो मजाक उडाए पछि उनी केटा बन्ने तालिम लिन जान थालेको बताएका छन् । धेरैले उनलाई तँ केटी जसरी हिड्छन्, केटी जसरी रुन्छस् भनेर जिस्क्याउने गर्थे । तर उनका परिवारका सदस्यलाई भने कहिल्यै उनीप्रति गुनासो भएन ।

उनले कार्यक्रममा भनेका छन् ‘केटा बन्न मैले तीन वर्ष तालिम लिएं । त्यसका लागि म बुवासंग झुट बोलेर तालिम लिन जाने गरेको थिए ।’ उनले ट्युशन पढ्न जाने बहाना बनाएर तालिम लिन जाने गरेको बताए ।

करणले अगाडी भनेका छन्, म यो सुनेर हुर्किएकी केटी जसरी नहिड्, केटी जसरी नबोल, त्यसरी नाच्न पनि बन्द गर आदी । उनले आफ्नो आवाज समेत केटी जस्तो भनेर साथीहरुले जिस्क्याउने गरेको बताएका छन् ।

त्यतिबेला उनी आफ्नो आवाज परिवर्तन गराउन स्पीच थेरापिस्टकोमा समेत गएको बताए । उनले त्यसका लागि पनि तालिम लिउको बताए । तर उनलाई आफ्नो घरमा भने कसैले पनि तँ केटीजस्तो छस् भनेर कहिल्यै भनेनन् । स्कूलमा मजाकको पात्र बनेकै कारण उनले कहिल्यै खेलकुदमा भाग समेत लिएनन् । उनको हातखुट्टा पनि केटीको जस्तो थियो । कक्षा कोठामा जब उनी बोल्न थाल्थे सबै साथी गलल हाँसेर उनको मजाक उडाउँथे ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू