‘हेड टु हेड’ च्यालेञ्जको दोस्रो राउण्डमा पराजित भएपछि आखाँभरि आँशुलिई श्रृंखलाले यसरी पोखिन आफ्नो दुखेसो (भिडियो)

मनिषा थापा

मिस नेपाल २०१८ श्रृंखला खतिवडा अहिले चीनको सान्यामा मिस वर्ल्ड २०१८ को फाइनलमा सहभागी भइरहेकी छिन् । ‘हेड टु हेड’ को पहिलो राउण्डमा समूह विजेता बन्दै दोश्रो राउण्ड पुगेकी श्रृंखला दोश्रो राउण्डमा भने पराजित भएकी छिन् ।

उनी मिस सिंगापुरसँग पराजित भएकी हुन् । दोस्रो चरणमा श्रृंखलाले मिस वर्ल्ड सिंगापुर भेनिसा पेहलाई प्रतिस्पर्धीको रुपमा पाएकी थिइन् । उनी यो राउण्डमा विजेता भएको भए फाइनलका लागि अन्तिम ३० मा छानिन्थिन् ।

बाहिरिएपछि श्रृङ्खलाले एक भिडियो सन्देश आफ्नो इन्स्टाग्राममा पोष्ट गरेकी छन्।  भिडियोमा श्रृङ्खलाले भावुक अभिव्यक्ति दिँदा उनका आखा रसाएका छन्।

आफूलाई पछि पारेकी मिस सिंगापुर आफ्नो एकदमै मिल्ने साथी भएकोले उसकाबारेमा नकारात्मक कमेन्ट नगरिदिन पनि श्रृङ्खलाले अनुरोध गरेकी छन्। बारम्बार ‘सरी नेपाल’ भन्दै श्रृङ्खलाले आफू छानिन नसकेकोमा माफी मागेकी छन्। तर अझै मल्टिमिडिया वा व्युटि विथ पर्पज जितेर श्रृंखला अन्तिम ३० मा पर्ने सम्भावना कायमै छ । हेर्नुहोस भिडियो :

प्रतिक्रिया