अपहरणपछि हत्या गरिएका प्रयास कुँवरको हजुरबुबा भक्कानिदै मिडियामा [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  प्रविण कुँवर चार वर्षदेखि गोंगबुमा स्वस्तिका गेस्ट हाउस सञ्चालन गर्दै आएका थिए। मंसिर ११ गते साँझसाढे ६ बजे उनका ८ वर्षीय छोरा प्रयास कुँवर अचानक बेपत्ता भए।

उनी गेष्ट हाउसको नजिकै खेलिरहेको अवस्थामा अपहरणमा परेको परिवारले बताएका थिए । उनको शव म्हेपीमा भेटिएको हो। बालकको अपहरण गरी हत्या गरेको अभियोगमा कुवरको ड्राईभर पक्राउ परेका छन् । प्रविणका एकमात्र सन्तान थिए प्रयास कुँवर।

प्रयासका हजुरबुबाका अनुसार, स्याङ्जा जिल्लाका कुँवरको गेस्ट हाउसमा एक महिनाअघि महेन्द्र सार्की काम खोज्दै आइपुगेका थिए। स्याङ्जाबासी नै रहेका कारण कुँवरले गेस्ट हाउसमा काम दिएका थिए। सार्की ड्राइभरको रुपमा काम गरिरहेका थिए।

उनी भन्छन, ‘केहि दिन अघि उनले काम पनि त्यति गरिरहेको थिएन भनेर छोराले भनेको थियो। उसको सोचाई अर्कै रहेछ। तर उसले त्यति सानो बालकको हत्या गर्ने पर्ने तस्तो मेरो छोराको दुस्मनी केहि थिएन। ड्राईभरको मात्र यस घट्ना हात हुन् सक्दैन।’ मेरो नाती सृजनशील र कक्षामा सधै प्रथम हुने गर्थ्यो मेरो नाती भन्दै भक्कनिदै रोए प्रयासका हजुरबुबा।

प्रविन कुवँरका परिवारका अनुसार, २२ वर्षीय सार्की राम्रोसँग काम गर्थेनन्। सधैंजसो काममा ढिलो आउँथे। राम्ररी काम नगरेपछि सञ्चालक कुँवरले सार्कीलाई कामबाट निकालिदिने धम्की दिइरहेका थिए। मिठाइ खुवाउने भनेर फकाएर सार्कीले बालकलाई उठाएका थिए। त्यसैदिन राति रानीबारीको जंगल लगेर सार्कीले बालकको घाँटी थिचेर हत्या गरे। उनी गेष्ट हाउसको नजिकै खेलिरहेको अवस्थामा अपहरणमा परेको परिवारले बताएका थिए । बाँकी हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू