अनौठा मानिस योग्य बहादुर कटुवालको चर्चा विश्वभर, सामाजिक संजालमा भाइरल हुँदै उनको भिडियो (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : अनौठा मानिसका रुपमा चर्चित योग्य बहादुर कटुवाल अहिले बिश्वभर छाउन थालेका छन्। अहिले सामाजिक संजालहरुमा उनको भिडियो भाइरल नै भैरहेको छ। ३५ बर्षिय योग्य बहादुर कटुवाल मोरङको उर्लाबारीमा बस्छन। उनि दाबी गर्छन कि उनको जिब्रो दुनियाँकै लामो जिब्रो हो। उनि गिनीज वर्ल्ड रिकॉर्डमा नाम लेखाउन पनि चाहन्छन।

उनी मान्छे नै फरक छन्। कसैले एलिएन भनेर उनलाई सम्बोधन गर्न भ्याएका छन् त कसैले अनौठो मानिस भनेर। उनलाई देख्दा पनि यस्तो लाग्छ कि उनी शारिरिक बनावटले अलि भिन्नै छन्। उनको एउटा दाँत बाहेक अरु कुनै दाँत नै छैन। नाक पिनासको कारण त्यहीँ बिलाएको जस्तो देखिन्छ। उनको भनाई अनुसार उनको नाकबाट किरा झरेको थियो र पछि त्यस्तो हुन गयो।

दाँत नभएकै कारण अनि नाक पनि सानो भएकाले गर्दा उनले आफ्नो ओठ सजिलै निधारमा छुवाउन सक्छन्। यो काम सोच्दा सुन्दा जति सजिलो छ त्यति गर्न भने सजिलो छैन। सायद त्यसैले होला उनको यो कलाले उनी देशभर चिनिएका छन्। उनको जिब्रो पनि यति लामो छ कि उनको जिब्रोले सजिलै निधार छुन सक्छ। अनौठा मानिसका रुपमा चर्चित योग्य बहादुर कटुवालको भिडियो दैनिक भास्कर र मेट्रो को युकेले समेत सार्बजनिक गरेका छन्।

 

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू