जनक गन्धर्व स्कुल ड्रेसमा, पढाईमा यत्ति छिट्टै प्रगति गर्दै, शिक्षकले तारिफ गरे [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। आटे र गरे के हुने रहेनछ र ? सुस्त मनस्थिति भएका आमाबुवा पाल्न र ९ बर्षका भाईलाई पढाउन भनेर सारंगी बोकेर दांगबाट काठमाडौंमा आएका जनक आज स्कुलमा साथीसंग रमाईरहेका छन् । शिशिरले भने ,’मलाई अझै याद उनले मसंगको पहलो अन्तर्वार्तामा भनेका थिए, मलाई अरु बच्चाहरुले झोला बोकेर स्कुल जांदा रुन मन लाग्छ ।’

उनले थपे ,’हेर्नुस त, हामी सबैले हातेमालो गर्नाले १ बर्षदेखि काठमाडौको सडकमा, फिल्म हलमा, गाडीहरुमा सारंगी बजाउंदै परिवार र आफ्नो पेट पालिरहेका १३ बर्षका जनक आज स्कुलमा पढ्दैछन् । यस्ता धेरै बालबालिका छन् नेपालका कुना कुनामा । यो त सुरुवात मात्रै हो, धेरैका लागि गर्नुछ ।’

ललितपुरको थेचोमा पढ्न थालेका छन्, सारँगीमा र्याप हान्ने जनक गन्धर्व । गाउँमा ३ कक्षासम्म पढेका जनकले छोटो समयमै आफ्नो पढाईमा प्रगति गरेका छन् । उनको पढाई देखेर शिक्षकहरु पनि खुशी छन् । कलाकार तथा भिजे शिशिर भण्डारीको पहलमा सबैको सहयोगले जनक स्कुल जान थाले ।

भिडियो हेर्नुस :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू