रोडिज जितेको भए पशुपती वृद्धाआश्रमलाई सहयोग गर्ने थिएँ: प्रिबिर घले [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। हिमालय रोडिजमा प्रतिस्पर्धिहरुको शारिरीक, मानसिक र बौद्दद्धिक क्षमता मात्र नभएर उनिहरुको सामाजिक ब्यावहारको पनि मुल्यांकन हुन्छ । भाग्यले पनि महत्वपुर्ण भुमिका निर्वाह गर्ने यस रीयालीटी शोमा प्रतिस्पर्धि्बिचको आपसि बिवाद र खिचातानीले अझ रोमान्चकता थप्छ ।

भारत लगायत दक्षिण एसियामा नै निकै प्रख्यात रहेको यो एड्भेन्चर रीयालटी शो एम टिभी रोडिज भायकम अठारको फ्रेन्चाइज हो ।

यामाहा एफ.जी. मोटरसाइकल मुख्य प्रायोजक रहेको हिमालय रोडिजमा प्रतिस्पर्धीको खोजको क्रमका नेपालका पााच ओटा शहरहरुमा अडिसन गरीएको थियो । अडिसनमा मेन्टरहरुको मन जित्न सफलप्रतिस्पर्धीलाई पर्सनल इन्टरभ्यु राउन्डमा प्रवेश गराइएको थियो । पर्सनल इन्टरभ्युर राउन्डबाट उत्कृष्ट १३ जनालाई प्रतिस्पर्धाको लागी नेपालको सुदुर पश्चिमलगिएको थियो र सुदुर पश्चिमका विभिन्न राष्टिय निकुन्ज तथा अन्य आकर्षक ठाउामा प्रतिस्पर्धा गराइएको थियो ।

हिमालय रोडिज सिजन टु ‘वाइल्ड वाइल्ड वेस्ट’को बिजेताको उपाधी आयुष श्रेष्ठले जितेका छन। हात्तीवन सामुदायिक जंगलमा फाइनल प्रतिश्पर्धा गराइएको थियो, जसमा आयुस श्रेष्ठ, पिरबीर घले र तेजश बस्नेत फाइनलिस्टको रुपमा प्रतिस्पर्धा गरेका थिए।

अडिसनमा सहभागी हजारौं प्रतिस्पर्धीहरु मध्ये बाट जर्नि राउन्डमा छानिएका उत्कृष्ट १३ प्रतिस्पर्धिलाई पछि पार्दै प्रिबिर घले सेकेण्ड रनर अप बन्न सफल भएका थिए। उनले पोखराबाट अडिसन दिएका थिए।

उपाधि जित्न नसके पनि जितेको भए चाही उनले आफुले जितेको रकम पशुपतिको वृद्ध आश्रममा दाङ गर्ने सोच भएको बताए। उनको कुरा सुन्दा उनमा समाजसेवाको भावाना निकै भएको पाइन्छ।

उनी वैदेशिक रोजगारीको लागि दुबई गएका थिए। त्यहाँ उनले निकै दुख पाए। फर्के पछि उनले समाजको लागि योगदान गर्ने सोच बनाए। अब विदेश नजाने उनको सोच छ। नेपालमा नै विशेष गरी पोखरामा च्याउ खेति गर्ने उनको योजना छ।

हिमालय रोडिजको यात्रा सम्झिदै उनले भने ,’रोडिजले हली पनि बनायो गोरु पनि बनायो।’ उनले रोडिजमा मिल्ने साथि चाही अनिश बानिया रहेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू