दुई प्रहरीचौकी भवन उद्घाटन

admin

मेलम्ची, २३ मङ्सिर : राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कोषको सहयोगमा जिल्ला प्रहरी कार्यालयअन्तर्गत अस्थायी प्रहरी पोस्ट बाहुनेपाटी र भीमटारको आज भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । भवनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं ३ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपककुमार थापाले गर्नुभएको थियो ।

उद्घाटन गर्दै उहाँले सुविधा सम्पन्न भवन बनिसकेपछि सेवा पनि उन्नत दिनुपर्ने र सधैभरि जनताको काममा बफादार हुनुपर्ने बताउनुभयो । उहाँले प्रहरी एक्लैले अपराध न्यूनीकरण गर्न नसक्ने भन्दै सम्पूर्ण नागरिकलाई अपराध न्यूनीकरण गर्नका लागि सहयोग गर्न आग्रह गर्नुभयो । सिन्धुपाल्चोक जिल्लामा १६ वटा भवन निर्माणाधीन रहेकामा चार वटा भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया