‘समानता भए लैङ्गिक हिंसा सकिन्छ’ : ज्ञवाली

admin

रुपन्देही, २४ मङ्सिर : नेकपाका केन्द्रीय सदस्य राधा ज्ञवालीले समानता कायम भए लैङ्गिक हिंसा आफै समाप्त हुने बताउनुभएको छ । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिले पनि समाजमा महिला र पुरुषबीच भेदभाव कायम रहेकाले हिंसा अन्त्य गर्न व्यवहार परिवर्तन जरुरी रहेकोमा जोड दिनुभयो । मुलुकमा भएका ठूला राजनीतिक परिवर्तमा महिलाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रतिनिधिसभा सदस्य समेत रहनुभएका ज्ञवालीले अबका दिनमा अधिकार प्राप्तिका लागि नयाँ ढङ्गले अगाडि बढनुपर्ने बताउनुभयो ।

पार्टी एकतापछि अनेमसङ्घ र क्रान्तिकारी महिला सङ्गठनलाई एकताबद्ध गर्दै सडक र सदनबाट महिला अधिकारका लागि आवाज उठाउने उहाँले जानकारी गराउनुभयो । उहाँले सरकारमा रहँदा पनि लैङ्गिक हिंसाविरुद्ध आवाज उठाएको उल्लेख गदै नेकपामा आबद्ध महिलाले ८ मार्चसम्म लैङ्गिक हिंसाविरुद्ध अभियान चलाउने बताउनुभयो ।
-रासस

प्रतिक्रिया