काठमाडौँ, २५ मङ्सिर : गायक दिपक कुमार र गायिका मेलिना राइको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्बजनिक गरिएको छ । एलिशा तिमल्सिनाको शब्द रचना रहेको ‘मायाको पासो’ बोलको गीतमा नेत्र काफ्लेको संगीत रहेको छ ।

निर्देशक सुनिल नेउरेद्वारा निर्देशित सार्वजनिक गीतको भिडियोमा सुनिल क्षेत्रि, सारा शिर्पालीको साथमा नेपाली ठिटोजलाइ फिचर्ड गरिएको छ । बाशु न्यौपानेले छायांकन गरेको उक्त भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् भने निरन्जन र युमीले कोरियोग्राफी गरेका छन।
हेर्नुहोस भिडियो :