मङ्गलबारे, २६ मङ्सिर : इलामको रोङ गाउँपालिका–६ सलकपुरका ५४ वर्षीय प्रेम योञ्जनको मङ्गलबार भीरबाट लडेर मृत्यु भएको छ ।

सलकपुर खानेपानी तथा सरसफाइ योजनामा कार्यरत योञ्जनको कामबाट फर्कने क्रममा तारे भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । रासस