विवाहको मान्यता नपाएपछि यी कलाकारले गरिन् भूतसँग डिभोर्स

रिता घिसिंग

एजेन्सी : सुन्दा अचम्मलाग्ने, तर यो यर्थाथ घटना हो। एक महिला कलाकारले भूतसँग डिभोर्स गरेको जनाएकी छन् । ४६ वर्षीया चर्चित फिल्म ज्याक स्प्यारोमा अभिनय गरेकी एमाण्डा स्प्यारो लार्जले भूतसँग भएको आफ्नो वैवाहिक जीवनको अन्त्य गर्दै डिभोर्स गरेको घोषणा गरेकी हुन् । गएको जनवरीमा ३ सय वर्ष पुरानो ज्याक नामक भूतसँग विवाह गरेको घोषणा गरेकी उनले आफूहरुको विवाहलाई कानुन मान्यता दिनसमेत माग गरेकी थिइन् ।

उनीहरूको विवाह आयरल्यान्डको समुद्रमा डुङ्गा सयर गर्दै भएको थियो । १८ औं शताब्दीको भूतसँग विवाह गरेपछि एमाण्डाले भूतसँगको सुहागरात कुनै जीवित पुरुषसँगको शारीरिक सम्बन्ध जतिकै आनन्ददायक भएको समेत बताएकी थिइन् ।

एमाण्डा हाइटियन समुद्री डाँकुको आत्मासँग सन् २०१४ देखि सम्पर्कमा आएदेखि नै एमाण्डाले आत्माका बारेमा बुझ्न थालेको दाबी गरिन् ।

प्रतिक्रिया