नायक अक्षयकुमारलाई दिया मिर्जाले लगाइन यस्तो आरोप !

मनिषा थापा

महिलाको विषयमा गम्भीर नभएको भन्दै बलिउड नायिका दिया मिर्जाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बलिउडका चर्चित नायक अक्षय कुमारलाई आरोप लगाएकी छन् ।

अक्षयकुमारको नेतृत्वको बलिउड टिम प्रधानमन्त्री नरेन्द्र मोदीलाई मंगलबार भेट्न गएका थिए ।

भारतीय चलचित्र क्षेत्रका विषयमा भएको गम्भीर बहसमा महिलाहरुको उपस्थिति नभएकोमा आफू आश्चर्यमा परेको दियाले बताइन् । उनले ट्वीट गर्दै आफूहरुको सम्मानमा आँच आएको उल्लेख गरेकी छिन् ।

मोदीसँगको भेटमा अक्षयकुमारको टोलीले जिएसटीको दर समान गर्नुपर्ने बताएका थिए । उक्त छलफलको तस्बिरलाई प्रधानमन्त्री नरेन्द्र मोदी र अक्षयकुमारले शेयर गरेका थिए । चलचित्र क्षेत्रको यति ठूलो भेटघाटमा आफूहरुको अनुपस्थिति राम्रो नभएको दियाको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू