सय किलोमिटर लामो यात्रा गरेर आफ्नै मालिकलाई टोक्न आयो कुकुर

रिता घिसिंग

एजेन्सी : जनावरहरु मध्ये कुकुरलाई सबैभन्दा वफादार जनावर मानिन्छ तर अमेरिकाको एक कुकुरले यो कुरालाई गलत साबित गरिदिएको छ । न्यू मेक्सिकोको एक कुकुरले आफ्ना मालिकलाई खोज्दै १ सय किलोमिटरसम्म यात्रा गर्यो र भेट्नासाथ मालिकलाई टोक्यो । कुकुरले आफ्नो मालिकलाई टोक्नुको कारण थाहा पाउँदा तपाइँ चकित पर्नु हुनेछ।

कुकुरले मालिकलाई खोज्दै ९ दिनमा सय किलोमिटर यात्रा गरेको थियो । कुकुरका मालिकको नाम सेन्टियागो मार्टनिज बताइएको छ । यी व्यक्ति हरेक वर्ष विदा मनाउन अल्बुकर्क जान्थे । कुकुर सानो हुँदासम्म सेन्टयागोले कुकुरलाई पनि आफैंसँग लिएर जान्थे । तर, यसपटक सेन्टियागोले कुकुरलाई घरमै छाडेर आफू मात्र विदा मनाउन गएका थिए ।

सेन्टियागोले सपनामा पनि सोचेका थिएनन् कि उनको कुकुरले उनलाई यो कुराको सजाय दिनेछ । उनले यो पनि सोचेका थिएनन् कि उनको कुकुर उनलाई खोज्दै त्यहाँसम्म आउनेछ जहाँ उनी समुद्र किनारमा विदा मनाइरहेका थिए । सेन्टियागो आफ्नो कुकुरलाई देखेर चकित परेका थिए । सेन्टियागोले कुकुरलाई अंकमाल गर्ने कोसिस गरे तर कुकुर निकै रिसाएको थियो । अंकमाल गर्नासाथ कुकुरले सेन्टियागोलाई टोक्यो । त्यसपछि भने आश्चर्यजनक रुपमा ऊ सेन्टियागोको वरिपरि घुम्दै उनलाई चाट्न थाल्यो ।

प्रतिक्रिया