घरको आर्थिक अवस्था नाजुक भएर कुनै बेला म्यादी प्रहरीका जागिर खाएका रविले हासिल गरे ‘नेपाल आइडल २’ को टाइटल…

मनिषा थापा

निकै चाँसो र कौतुहलताका साथमा हेरिएको नेपाल आइडलकाे दाेस्राे संस्करणकाे विजेता रवि ओड भएका छन । फिनालेमा पुगेका बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारीलाई पछि पार्दै रवि नेपाल आइडल बनेका हुन ।

नेपालकै चर्चित रियालिटि साे नेपाल आइडलकाे फिनालेबाट रविलाई नेपाल आइडल भएकाे घाेषणा गरिएकाे थियाे । शुक्रबार भएको फिनालेमा झापाका अश्मिता अधिकारी र सुमित पाठक क्रमस थर्ड रनरअप र सेकेन्ड रनरअप भए भने पोखराका बिक्रम फस्ट रनरअप भए ।

धनगढि अडिसनबाट नेपाल आइडलमा प्रवेश गरेका रविले बिभिन्न समयमा उत्कृष्ट्र प्रदर्शन गर्दै सबैकाे मन जितेका थिए । पुर्ख्यौली अछाम भएका रवि हाल कंचनपुर निवसि हुन । देशका बिभिन्न ठाँउमा भएकाे अडिसन देखि लामाे यात्रा पार गर्दै जजहरूकाे निर्णय र जनताले गरेकाे भाेटिङका माध्यमबाट ४ जना प्रतिस्पर्धी फिनालेमा पुगेका थिए ।

नेपाल आइडलकाे फिनालेबाट दाेस्राे नेपाल आइडल काे बन्छ भन्ने जिज्ञासा धेरैमा रहेकाे थियाे । जनताले पठाएकाे भोटिंग र जजहरुको आधार मानेर सबैभन्दा बढी जनताले पठाएको भोट पाउने प्रतिस्पर्धीलाई नेपाल आइडल घाेषणा गरिएकाे थियाे ।

शिव परियार, सुगम पोखरेल र हेमन्त रानाका गीत उनलाई बढी मन पर्छन्। सानै उमेरदेखि नै रवि गीत, संगीतमा निकै रुचि राख्थे। विद्यालयमा हुने कार्यक्रममा पनि उनी समय मागेर गीत सुनाइहाल्थे। ‘मेरो बाजे स्थानीय देउडा गाउनुहुन्थ्यो,’ उनी भन्छन्, ‘सबै जनाले मलाई बाजेको गुण सरेको भन्छन्।

राम्रो गायन प्रतिभा भएका उनी अन्ततः देश विदेशमा रहेका नेपालीको मत जित्दै नेपाल आइडल सिजन–२ को उपाधि जित्न सफल भएका हुन्। आर्थिक अवस्था कमजोर भएपछि रवी २०७० को निर्वाचनमा म्यादि प्रहरीमा समेत भर्ना भएका थिए ।

प्रतिक्रिया