इलेक्ट्रिक गाडीमा पेट्रोल हाल्ने ठाउँ नपाएपछि (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : अमेरिकामा एक महिला इलेक्ट्रिक कारमा पेट्रोल हाल्न प्रयास गर्छिन् । उनले गाडीमा पेट्रोल हाल्ने निकै प्रयास गरिन् तर, पेट्रोल हाल्ले ठाउँदेखिनन् । यसपछि यी महिलाले गाडी खोल्ने प्रयास गरिन् ।

उनको यो चर्तिकला पछिल्लो गाडीमा रहेका व्यक्तिले भिडियो शूट गरे । भिडियो बनाउँदा उनीहरु पनि मजाले हासिँरहेका थिए । केही समयपछि उनीहरुले त्यहाँबाट गए । तर, अन्य मानिसहरु भने हाँसिरहेका थिए ।

जब ती महिला पेट्रोल हाल्ल कारमा पुगिन् उनले पेट्रोल ट्यांकीको मुख देखिनन् । यसपछि हैरान भएकी उनले एक पटक त कारको चार्जिंग प्वाइन्टमा पेट्रोल हाल्ने प्रयास गरिन् ।

धेरै समयपछि एक व्यक्तिले उनलाई यो कार इलेक्ट्रिक भएको भन्दै यसमा फ्यूल नहालिने बताए ।

त्यसपछि ती महिला पनि ठूलो ठूलो आजावमा हाँस्न थालिन् ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया