सिंह र पटेललाई थप पाँच दिन हिरासतमा अनुमति

admin

बारा, ८ पुस: बारा जिल्ला अदालतले थुनामा रहेका जलन्धर सिंह र प्रभु पटेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । मङ्सिर २९ गते कर्तब्य ज्यान मुद्दामा पक्राउ परेका पचरौता नगरपालिकाका सिंह र पटेललाई थप अनुसन्धान गर्न अदालतले आज सो अनुमति दिएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनभयो ।

जिल्ला अदालतका १ नम्बर न्यायाधीश नागेन्द्रलाल कर्णको एकल इजलासले ती दुईलाई थप हिरासतमा राख्न आदेश गरेको श्रेस्तेदार कौलेश्वर ज्ञवालीले बताउनुभयो । अस्पताल बनाउने विषयमा केही दिनअघि ज्ञापनपत्र बुझाउन आउने क्रममा दुई पक्षबीच झडप हुँदा त्यसमा परी दुई जना गम्भीर घाइते भएको मुद्दामा सिंह र पटेल हिरासतमा थिए ।
-रासस

प्रतिक्रिया