शिवको “ओई सुन” मा दमदार भूमिकामा देखा परिन हट मोडल सोनीका

शर्मिला गुरुङ

काठमाडौँ, ९ पुस : गायक तथा संगितकार शिव थापा मगरको नयाँ म्युजिक भिडियो “सुन ओई” सार्बजनिक भएको छ । एक दशक लामोसमय देखि सांगीतिक क्षेत्रमा लागेका मगरले लोक जोडिएका पप, आधुनिक, रक, पूर्वेली अनि भाषाभाषी लगाएत ५ दर्जन भन्दा बढी गीतहरू बजारमा ल्याइसकेका छन्।

यसै सिलसिलामा २०१२ मा पप बिधाबाट सम्मानित भई music khabar music award पाउन सफल भएका थिए । यसरी नै सबैको माया ममता र सल्लाह सुझावको साथमा सांगीतिक क्षेत्रमा अगाडी बड्ने क्रममा उनले फेरि पनि आफ्नै स्वर, शब्द र संगितमा “सुन ओइ” बोलको गीत म्युजिक भिडियो सहित सार्बजनिक गरेका हुन ।

सोनिका रोकायाको मुख्य अभिनय रहेको गीतमा राज कृष्ण, निकेश, लगायत अन्यले साथ दिएका छन। काजिश श्रेष्ठको कोरियोग्राफर रहेको म्युजिक भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन्।

नेत्र किराँतीको निर्देशनमा रहेको उक्त म्युजिक भिडियोलाई म्युजिक हाइलाइट च्यानल बाट युट्युवमा सार्वजनिक गरिएको छ ।

हेर्नुहोस सोनिकाको दमदार अभिनय रहेको “सुन ओई” :

प्रतिक्रिया