हेर्दा पुतली जस्तै देखिने अमेरिकाकी टप मोडल मेलोनीको कसरी भयो यस्तो हाल ?

रिता घिसिंग

एजेन्सी : संसारका अचम्म प्रकारका मान्छेहरु पनि हुन्छन् जो हाम्रो कल्पनाभन्दा बाहिरका हुन्छन् । त्यस्को एक उदाहण हुन अमेरिकाकी एक चर्चित र सफल मोडल मेलोनी गेडोस।

उनलाई देख्दा हामीलाई अचम्म लाग्ला र यस्तो कसरी भयो भन्ने प्रश्न पनि उठ्लान कतिलाई यो सत्य हो र भन्ने पनि लाग्ला तर यो वास्तविक तथ्य नै हो । पुतली जस्तै देखिने उनको यस्तो रुप कुनै मेकअपबाट भएको होइन । २८ बर्षिया गेडोसको यस्तो रुपको कारण तत्व एक्टोडर्मल डिस्प्लेशिया नामक एक दुर्लभ अनुवांसिक विकार हो ।

यो रोगका कारण उनको कपाल, दाँत, नङ, हड्डी, छाला र ग्रन्थीको विकासमा नराम्रो असर पर्न गएको छ । जसका कारण उनको कपाल,नङ र दाँत केही पनि छैन । यतिमात्र होइन मेलनीको जन्मदेखि नै ओठ र तालू काटिएको र फुटेको थियो । उनको आँखा र कानमा पनि विकृति देखिएको थियो । यसको उपचारको लागी उनले केही नगरेकी होइनन् । वाल्यकालमा नै उनले ४० शल्यक्रिया गरिसकेकी थिइन् ।

यस्तो मान्छे मोडल कसरी सम्भब भयो ? यो सबैको मनमा उठेको प्रश्न हो । तर उनको यहि फरक र स्वास्थ्यकै कारण उनी अहिले न्यूयोर्ककी सफल मोडल बन्न सफल छिन् । यद्यपी, उनले मोडलिङलाई करियर बनाउनेबारे भने कहिले पनि नसोचेकी थिइनन् ।

उनका अनुसार न्यूयोर्कको प्राट इन्स्टिच्युटमा आर्टको पढाई गर्नेबेला उनले एक प्रयोगको रुपमा एउटा फोटो खिचाएकी थिइन् । त्यसपछि उनले आफ्नो फोटो एक फोटोग्राफरलाई इमेल गरिन् त्यसपछि फोटोग्राफरले उनलाई मोडलिङको अफर गरेका थिए ।

दुई वर्ष पहिले उनले नक्कली दाँत नराखेकी होइनन् तर उनले त्यसलाई लगाउनै छोडिदिइन् । आफूले दाँत बिना नै खानेकुरा खान सक्ने भएकाले दाँतको कुनै आवश्यकता नभएको उनी बताउँछिन् । उनी विग पनि लगाउँदिनन् ।

तर उनले आफ्नो स्वास्थ्यका कारण धेरै कुरामा ख्याल भने गर्नैपर्छ । उनले धेरै पानी पिउनुपर्छ र उनी छायाँ र एयरकन्डिसनमा बस्नुपर्ने हुन्छ । यसो नगरे उनको स्वास्थ्यमा गम्भीर समस्या देखिन सक्छ । उनको यस्तो अवस्थासँग उनलाई भने कुनै समस्या छैन । उनी बाहिरबाट देख्दा जस्तो देखिए पनि, शरिरले जस्तो प्रकारले काम गरेता पनि उनले त्यसलाई स्विकारेकी छिन् ।

प्रतिक्रिया