जनप्रतिनिधिलाई ४० करोडको तालिम

admin

काठमाडौँ, पुस ११ : सरकारले एक वर्ष नौ महिनामा स्थानीय तहका लागि दर्जनौँ तालिम सञ्चालन गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबाट ४० करोड रुपैयाँ खर्च भएको छ ।

सरकार तथा बहुसरोकारका विषय, न्यायिक समिति, योजना तथा बजेट निर्माण, खरिद व्यवस्थापन, एकिकृत सम्पत्तिसम्बन्धि र सामाजिक समावेशीकरण गरी ६ प्रकारका तालिम दिइएको हो । यसमा ३८ हजार जनप्रतिनिधि र बाँकी कर्मचारी गरी ५१ हजार सहभागी भएका छन् ।

प्रतिक्रिया