सलमान खानले यसरी मनाए आफ्नो ५३ औं जन्मदिन (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : बलिउडका सुपरस्टार सलमान खान आज ५३ वर्षका भएका छन् । सलमान २७ डिसेम्बर १९६५ मा जन्मिएका थिए । उनले पनवेल फार्महाउसमा गएराति आफ्नो जन्मदिन बनाएका थिए । यस अवसरमा उनीसँग परिवार र बलिउडका कैयौं साथ थिए । सलमानले भान्जा अहिलसँग मिलेर केक काटे । यस अवसरमा सलमानका बडीगार्ड शेरा उनको छेउमै थिए ।

सलमानले केक काट्ने बेला उनको गर्लफ्रेण्डको रुपमा चर्चा पाएकी युलिया भन्तुर पनि सलमानको छेउमै देखिएकी छिन् । सलमानको यो पार्टी भोलि बिहानसम्म चल्ने बताइएको छ । सलमानले केक काटेको भिडियो निकै भाइरल भइरहेको छ । भाइरल भिडियोमा सलमानले भान्जा आहिललाई काखमा लिएका छन् । केक काटेपछि बहिनी अर्पिताले सबैभन्दा पहिले दाजु सलमानलाई केक खुवाइन् ।

सलमानको बर्थडे केक पनि निकै विशेष थियो । चार स्टोरी केकमा सलमानका ४ फोटो लगाइएको थियो । यही बीचमा सलमानको डान्स गरेको भिडियो पनि भाइरल भइरहेको छ । पार्टीमा अनिल कपुर, सुरज पंचोली, मौनी रोय, सुस्मिता सेन, कटरिना कैफ, बबी देओल, अमृता अरोरा, जिमी शेरगिल, कृति सेनन, वत्सल सेठ, सतीष कौशिक, दीया मिर्जा, सोनु सूद लगायतका सेलिब्रेटी थिए ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू