अनिल कपुर र सोनम कपुर अभिनित चलचित्र ‘एक लडकी को देखा तो ऐसा लगा’को ट्रेलर रिलिज (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेता अनिल कपुर, सोनम कपुर, राजकुमार राव, जुही चावला स्टारर फिल्म ‘एक लडकी को देखा तो ऐसा लगा’को ट्रेलर रिलिज भएको छ । यो फिल्ममा अनिल कपुर र सोनम कपुर पहिलोपटक एउटै फिल्ममा देखिँदेछन् । फिल्ममा पनि यी दुईको भूमिका बाबुछोरीकै छ । शैलु चोपडाको निर्देशनमा बन्ने फिल्मको निर्माण विधु विनोद चोपडा र राजकुमार हिरानीले गर्दैछन् ।

फिल्म आगामी फेब्रुअरी १ मा रिलिज हुने बताइएको छ । २ मिनेट ३४ सेकेण्डको ट्रेलरमा फिल्मको कहानीलाई निकै रोचक तरिकाले बताइएको छ । यद्यपि फिल्मको सबैभदा ठूलो ट्वीस्ट फिल्म रिलिज भएपछि नै खुल्नेछ । पंजाबी परिवारका अनिल कपुर छोरी सोनम कपुरको विवाह छिटोभन्दा छिटो गरिदिन चाहन्छन् तर खास कारण उनको विवाह हुन सकिरहेको छेन । यही कारणको वरिपरि फिल्मको कहानी घुम्नेछ ।

हेर्नुहोस् ट्रेलर :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू