गायिका सिर्जुको ‘ब्यान्ड बाजा’ गीतको भिडियो सार्वजनिक (भिडियो)

admin

गायिका तथा मोडेल सिर्जु अधिकारीको ‘ब्यान्ड बाजा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ  ।  गीतमा गायिका स्वयमको शब्द, संगीत र केशव बाबुको एरेन्ज रहेको छ  ।  सिर्जु अधिकारीको अफिसियल युटुब च्यानल सिर्जु अधिकारी मार्फत सार्वजनिक उक्त गीतमा अराज केशवले र्याप दिएका छन्  । 

गीतको भिडियोमा शिब बि.केको निर्देशन र कोरियोग्राफी रहेको छ  ।  ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् l गीतको भिडियोमा सिर्जु अधिकारी र रबिन्द्र प्रताप सेन फिचर्ड रहेका छन्  । 

प्रतिक्रिया