गलत दिशामा पानी राख्दा हुन्छ यस्तो हानी

रिता घिसिंग

एजेन्सी : वास्तुशास्त्रका अनुसार पानी, आगो, वायु, आकाश र पृथ्वी तत्वका लागि अलग अलग दिशा छुट्याईएको छ। घरमा यी तत्वसँग जोडिएका चिज पनि सहि दिशामा राख्नुपर्ने हुन्छ। नत्र वास्तु दोष लाग्ने गर्दछ ।

ज्योतिष एवं वास्तु आचार्य पण्डित गणेश मिश्रका अनुसार पूर्व र उत्तर दिशा पानीका लागि बढि उत्तम मानिन्छ। सो स्थानमा जल स्थल ट्याँकी राख्नुपर्दछ। जसको प्रभावले स्वास्थ्यमा कुनै समस्या देखिँदैन। अन्यथा परिवारका सदस्यमा रोग देखिन सक्छ।

वास्तुशास्त्र अनुसार पानी राख्ने सहि स्थान
वास्तुशात्र अनुसार उत्तर पूवी दिशामा पानीको ट्याङ्कीका लागि शुभ मानिन्छ । यस दिशामा पानी राख्नाले धन लाभ हुने विश्वास गरिन्छ । यस्तो घर उन्नती र समृद्धि दिनेखालको मानिन्छ।

उत्तर दिशामा पानीको ट्याङ्की राखेर सोही पानी खाने घरमा सुख र शान्ति प्राप्त हुने विश्वास छ। वास्तुका अनुसार पश्चिम दिशामा पानी राखिनु पनि शुभ मानिन्छ । यस्तो घरमा बस्ने मानिसको सम्पत्ति बढ्दछ।

यस दिशामा राख्नु हुँदैन पानी
दक्षिण पूर्वी दिशामा पानीको ट्याङ्की राख्नु उपयुक्त मानिँदैन । यसलाई अग्नीको दिशा मानिन्छ । अग्नी र पानीको मेलबाट गम्भीर वास्तु दोष उत्पन्न हुने गर्दछ।
दक्षिण दिशामा पानीको ट्याङ्की या भूमीगत ट्यांकी राख्नु राम्रो मानिँदैन। यसले परिवारमा अशान्ति र धनमा हानी हुने गर्दछ ।

दक्षिण पश्चिम दिशा अर्थात नैऋत्य कोणमा पनि पानी राख्नु अशुभ नै मानिन्छ । यस स्थानमा पानी राख्नाले घरमा रोग भित्रिने भए हुन्छ भने घरमा ऋण लाग्ने गर्दछ ।

प्रतिक्रिया