रिलिज अगाबै एनटीआरको बायोपिकले कमायो १०० करोड !

मनिषा थापा

पिएनपिखबर : बहुप्रतिक्षित फिल्म एनटीआरको बायोपिकको पहिलो भाग ९ जनावरीमा रिलिज हुने भएको छ। यस फिल्मले रिलिज अगावै १०० करोडको कमाई हात पारिसकेको छ। यस फिल्मले ओपनिङ्ग डेमै बक्सअफिसमा नयाँ रेकर्ड राख्न सक्ने अनुमान गरिएको छ।

भारतको आंध्रप्रदेशको पूर्व मुख्यमंत्रीको जीवनलाई आधारमा दुईओटा भाग बनेको फिल्म कथानायकुडू र महानायकुडूको बजेट ५० करोड रुपैया रहेको छ।  तर डिजिटल राइट्सको बिक्रीबाट यसले कमाईको होश उडाउने रेकर्ड बनाएको छ।

अमेजन प्राइमले फिल्मको डिजिटल राइट्स २५ करोडमा किनेको छ जुन कुनै पनि तेलेगु फिल्मको लागि अहिलेसम्मको रेकर्ड मूल्य हो। डिजीटल र थिएटर राइट्स बेचेर १०० करोड कमाईसकेको छ।

फिल्मको पहिलो भागमा एनटीआरको फिल्मी सफर देखाइएको छ भने दोश्रो भाग २४ जनावरीमा रिलिज हुनेछ जसमा एनटीआरको राजनीतिक करियरको विषयलाई उठान गरिएको छ।

फिल्ममा बलिउड अभिनेताहरुले पनि काम गरेका छन्। जसमा विद्या बालन एनटीआरकी पत्नी बसवतारकमको रोलमा देखिनेछिन। त्यस्तै रकुलप्रीत सिंहले पनि श्रीदेवीको भूमिका निभाउने भएकी छिन्। बाहुबलीमा भल्लाल देवको भूमिकामा देखिएका राणा दग्गुबाती एनटीआरको दामाद आंध्रप्रदेशको सीएम चंद्रबाबू नायडूको भूमिकामा देखिने भएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू